जेष्ठ ४, २०८१ शुक्रबार Fri May 17 2024

मर्स्याङ्दी गाउँपालिकाद्वारा राष्ट्रिय विभूति भक्ति थापा जन्मेको ठाउँलाई पर्यटकीय स्थल बनाउने उद्घोष



बेंसीसहर । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले राष्ट्रिय विभूति भक्ति थापाको जन्मेको ठाउँलाई पर्यटकीय स्थल बनाउने योजना अगाडि ल्याएको छ । गाउँपालिकाले थापाको जन्मस्थललाई ऐतिहासिक एवं पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना ल्याएको हो ।

मर्स्याङ्दी गाउँपालिकाको वडा नं. ३, ढँगैबेँसीमा भक्ति थापा स्मृति केन्द्र तथा पार्क निमार्ण गरी ऐतिहासिक रूपमा विकास गर्ने योजना ल्याएको छ ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले यस ठाउँलाई पर्यटन प्रववर्द्धनसँगै ऐतिहासिक स्थलको संरक्षणमा लाग्ने बताएका थिए ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ४ : ५९ बजे