श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

‘फुलजोर बाबा साझेदारी वन’ संरक्षणका लागि वन उपभोक्ता समूह गठन गरिने



सर्लाही । सर्लाहीको चन्द्रनगर गााउँपालिकाका सात वटै वडामा ‘फुलजोर बाबा साझेदारी वन’ संरक्षणका लागि साझेदारी वन उपभोक्ता समूह गठन गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।

उक्त वन उपभोक्ता समूह गठनका लागि आम भेला मार्फत सदस्य छनौट गरिनु पर्ने भएकोले चन्द्रनगर गाउँपालिकाका वडा अध्यक्ष लगायत कार्यपालिका सदस्यलाई वन अधिकृत सुशील यादवद्वारा अभिमुखिकरण भेलाको आयोजना गर्न लागिएको छ ।

उक्त अभिमुखिकरण तथा आम वडा स्तरीयर आमभेलाको आयोजना गर्नको लागि कार्यतालिका तयार गर्ने कार्य हिजो सम्पन्न भएको हो । वन नियमावली २०७९ अनुसारको साझेदारी वन उपभोक्ता समूह सदस्यको छनौटको लागि चन्द्रनगर गाउँपालिकाका सात वटै वडामा यहीं माघ १९ गते देखि २५ गते भित्र वडा स्तरीय आम भेला सम्पन्न गरिने भएको छ ।

उक्त वडा स्तरीय आमभेलाको लागि प्रत्येक वडाबाट सात जना सदस्य छ्नौट गरिने भएको छ । त्यसको लागि विस्तृत सूचना प्रत्येक वडा कार्यालयले सार्वजनिक गर्ने पनि जनाइएको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  १ : ०५ बजे