श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

नर्सलाई १० हजारमा काम लगाउनेलाई कारबाही गर्ने सवास्थ्यमन्त्री गिरीको चेतावनी



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

न्यूनतम पारिश्रमिक पनि नदिई नर्सहरुलाई काममा लगाउने कुरा सामजिक संचालमा आएपछि यस्तो कुरा अपराध भएको भन्दै उनले यस्तो बताएका छन् । मन्त्री गिरीले त्यस्ता निजी अस्पतालको अनुगमन पश्चात नराम्रो काम गरेको भटिएमा कार्बाही गर्ने बताए ।

नेपाल नर्सिङ संघको ६१ औं वार्षिक उत्सव कार्यक्रममा काठमाडौंमा आज आइतबार बोल्दै उनले आफूले मासिक ८र१० हजारमा पनि निजी क्षेत्रमा नर्सहरुले काम गर्नुपर्ने कहाली लाग्दो अवस्था सुनेको भन्दै तथ्य र प्रमाण खोज्न छिटै अनुगमन गर्ने समेत उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ५ : ५४ बजे