कार्तिक ६, २०८१ मंगलबार Tue Oct 22 2024

महानगरपालिको डोजर आतंकविरुद्ध माइतीघरमा प्रदर्शन



काठमाडौं । काठमाडौं महानगरपालिकाले डोजर आतंक चलाएको भन्दै विरोध प्रदर्शन भएको छ ।

माइतीघरमा काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन भन्द जस्ता नारा लेखेको प्लेकार्ड बोकेर सडकमा उत्रिएका छन् ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ४ : ०७ बजे