कार्तिक ६, २०८१ मंगलबार Tue Oct 22 2024

धनगढी उप–महानगरपालिकाद्वारा प्लास्टिक मुक्त अभियानको थालनी



कैलाली । धनगढी उप–महानगरपालिकाले प्लास्टिक मुक्त बनाउने अभियानको थालनी भएको छ । धनगढी उप–महानगरपालिकाद्वारा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत व्यावसायिक दुनाटपरी तालिम सञ्चालन गरेको हो ।

स्थानीय स्तरमा परापूर्वकालदेखि चल्दै आएका सालका पातबाट दुनाटपरी निर्माण गर्न लागिएको छ । यसले स्थानीयस्तरमा रहेका महिलाहरुको आयआर्जन हुने र प्लास्टिकको प्रयोगले पछिल्लो समय वातावरण प्रदुषण हुँदै गएको छ । त्यसको न्यूनिकरण गर्नका लागि सालपातबाट दुनाटपरी निर्माण गर्ने तालिम सञ्चालन गरिएको छ ।

प्लास्टिक मुक्त बनाउनका लागि धनगढी उप–महानगरपालिका वडा न. ७ मा सन्चालित छत्यसको लागि सालका पातका दुनाटपरी निर्माण गर्ने तालिम सञ्चालन गरिएको छ । स्थानीय महिला वर्गको आयआर्जन वृद्धि गराउन यस्तो कार्यको थालनी गरिएको धनगढी उप–महानगरपालिकाका प्रमुख गोपाल हमालको सचिवालयले सामाजिक सञ्जालमार्फत् बताएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ९ : ४५ बजे