बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

रास्वपाको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल चयन भएका छन् । आकस्मिक शुक्रबार राति बसेको सो पार्टीको बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गरेको हो ।

शुक्रबारै सर्वोच्च अदालतले उक्त पार्टीका सभापति रवि लामिछानेको नागरिकतामा दोषी भएको ठहर गरेपछि आकस्मिक बैठक बसेको थियो ।

पार्टीका महामन्त्री मुकुल ढकालका अनुसार बैठकले अर्याललाई कार्यवाहक सभापति बनाउने निर्णय गरेको हो । अर्याल श्रममन्त्री समेत रहेका छन् ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ९ : २८ बजे