बैशाख १५, २०८१ शनिबार Sat Apr 27 2024

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने



काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षको रिक्तता पुरा गर्न माघ २३ गते निर्वाचन हुने भएको छ । आज बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते गर्ने उल्लेख गरेका हुन् ।

तिमल्सिनाले निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्नका लागि संघीय संसद सचिवालयका महासचिव डा। भरतराज गौतमलाई निर्देशनसमेत दिएका छन् ।

‘राष्ट्रियसभा नियमावली २०७५ को नियम ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि मिति २०७९ माघ २३ गते सोमवारको दिन बिहान ११ बजेर ५९ मिनेटको समय तोकेको छु । उपाध्यक्षको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्न संघीय संसदको महासचिव डा। भरतराज गौतमलाई निर्देशन गर्दछु ।’–अध्यक्ष तिमल्सिनाले भनेका छन् ।

राष्ट्रियसभाको आगामी बैठक माघ २३ गते सोमबार बिहान ११ः५९ मा बस्नेगरी बोलाइएको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ५ : ०७ बजे