बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

आत्मदाह गरेका प्रेमप्रसादलाई कृषि शहीद घोषणा गर्न परिवारको माग



काठमाडौं । काठमाडौंमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारले उनलाई कृषि शहीद घोषणा गर्न माग गरेका छन् ।
गृहमन्त्री रवि लामिछानेमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको १० बुँदे माग पत्रमा आचार्यलाई आर्थिक कृषि क्रान्तिको प्रथम शहीद घोषणा गर्नु पर्ने उल्लेख गरिएको छ ।
सहिद घोषना नगरेसम्म परिवारले मृत्कको लास नउठाउने परिवारले जनाएका छन् ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ३ : २७ बजे