बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

प्रभू बैंकको सीइओमा पुनः अशोक शेरचन नियुक्त



काठमाण्डौँ । प्रभू बैंकले सीइओमा फेरि अशोक शेरचनलाई नियुक्त गरेको छ । उनले समस्याग्रस्त बैंक तथा वित्तीय संस्थाहरुलाई गाभेर बलियो बैंक बनाई उदाहरणीय काम गर्दै आएका छन् ।

सेञ्चुरी कमर्सियल बैंकलाई मर्जगरी एकीकृत कारोबार सुरु गरेको प्रभू बैंकको सीइओमा नै शेरचनले निरन्तरता पाएका हुन् । उनी यस अघि पनि दुई कार्यकाल सीईओ भइसकेका छन् ।

बिहीबार बसेको सञ्चालक समिति बैठकले शेरचनलाई सीईओमा निरन्तरता दिने निर्णय गरेको थियो । शेरचनको कार्यकाल ४ वर्षको हुने छ । यसअघि उनी २०७५ माघमा सीईओ नियुक्त भएका थिए ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १ : ०८ बजे