बैशाख ७, २०८१ शुक्रबार Sat Apr 20 2024

स्पेनका लागि नेपालका राजदूत ढकालद्वारा ओहोदाको प्रमाणपत्र पेस



काठमाडौँ । स्पेनका लागि नेपालकी राजदूत तथा स्थायी प्रतिनिधि डा. शर्मिला पराजुली ढकालले संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठन युएनडब्लूटीओ) का महासचिव जुराब पोलोलिकासभिलीलाई संस्थाको मुख्यालयमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् ।

ओहोदा कार्यक्रमपछि राजदूत डा पराजुलीले युएनडब्लुटीओलाई नेपालको पूर्ण समर्थन रहेको बताउँदै विश्व पर्यटनलाई आकार दिन संस्थाले खेलेको महत्वपूर्ण भूमिकालाई प्रकाश पारिन ।

राजदूत डा। पराजुलीले नेपालमा सन् २०२३ को मार्च १५देखि १७ सम्म क्षेत्रीय प्राविधिक कार्यशाला आयोजना गरेकोमा महासचिवलाई धन्यवाद दिइन । साथै, महासचिव पोलोलिकासभिलीले नेपाल र युएनडब्लुटीओ बीचको विद्यमान सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरे ।

उनले नेपाललाई पर्यटन क्षेत्रका विभिन्न क्षेत्रमा युएनडब्लुटीओको निरन्तर सहयोग रहने आश्वासन पनि दिए । दुवै पक्षले नेपालको पर्यटन प्रवर्द्धन र प्रवद्र्धन गर्न, नेपाल र युएनडब्लुटीओबीच थप सम्भावित सहयोग क्षेत्रहरू पहिचान गर्ने विषयमा छलफल भएको थियो।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ३ : २२ बजे