बैशाख १२, २०८१ बुधबार Thu Apr 25 2024

चन्द्रनगर गाउँपालिकाको पोलिटेक्निक इन्सटिच्यूट प्राविधिक शिक्षालयमा उपप्रध्यापकको आवश्यकता



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा पोलिटेक्निक ईन्सटिच्यूट प्राविधिक शिक्षालयको स्थापना गरिएको छ । त्यसको लागि प्राविधिक शिक्षालय चन्द्रनगर गाउँपालिका २, बबरगञ्जका लागि पूर्णकालीन उपप्रध्यापक पदको सेवा करारमा कर्मचारी भर्नाको लागि नयाँ पत्रिका राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरिएको छ ।

अहिलेसम्म दुर्दशाको अवस्थामा रहेको शिक्षा क्षेत्रलाई गुणस्तरीय र सुधारयुक्त बनाउनको लागि उक्त शिक्षालयको स्थापना गरिएको हो । शिक्षालाई गुणस्तरयुक्त, दक्ष जनशक्ति परिपूर्तिको लागि गाउँपालिकाले चार जना पूर्णकालीन विभिन्न विधाका उपप्रध्यापक व्यवस्था गर्ने भएको छ । त्यसको लागि गाउँ कार्यपालिकाको निर्णय अनुसार नयाँ पत्रिका राष्ट्रिय दैनिकमा विज्ञापन प्रकाशित गरेको हो ।

उक्त विज्ञापन अनुसार योग्यता पुगेको र इच्छुक नेपाली नागरिकले निवेदन पेश गर्नको लागि आग्रह गरिएको छ । साथै उक्त विज्ञापनमा सम्पर्क मितिमा ‘टाइपो ईरर’ रहेको व्यवहोरामा लागि अनुरोध पनि गरेको जनाइएको छ । यसको सम्पकर्त मितिको लागि गाउँ कार्यपालिकाको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ । अन्य जानकारीको लागि नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकाशित सूचनाको नमुना यसैसाथ संलग्न गरिएको छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ११ : ३० बजे