चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

सभामुख घिमिरेसँग भारतीय राजदूतको भेट



काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटवार्तामा उनीहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हितलगायतका विषयमा विचार विमर्श भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सो अवसरमा सभामुखलाई बधाई ज्ञापन गर्दै राजदूत श्रीवास्तवले उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ३ : ३२ बजे