फाल्गुन ९, २०८० बुधबार Wed Feb 21 2024

घाँस काट्ने क्रममा भालुको आक्रमणबाट एकजना गम्भीर घाइते



काठमाडौं । भालुको आक्रमणमा परी एकजना गम्भीर घाइते बनेका छन् । पाल्पाको तिनाउ गाउँपालिका वडा नं. २ का देउबहादुर विक घाँस काट्ने क्रममा भालुको आक्रमणमा परी गम्भीर घाइते बनेका हुन् ।

घर नजिकै रहेको आँपखोली समुदायिक वनमा मङ्गलबार बेलुकी श्रीमान् श्रीमतीसँगै घाँस काट्ने क्रममा विकलाई भालुले आक्रमण गरेको थियो ।

भालुको आक्रमणबाट गम्भीर घाइते भएका विकलाई उद्दार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  १० : ३६ बजे