चैत्र १०, २०७९ शुक्रबार Fri Mar 24 2023

सेनाका जवान काठमाडौंको एक गेष्ट हाउसमा मृत फेला



काठमाडौं । नेपाली सेनाका जवान काठमाडौंको एक गेष्ट हाउसमा मृत फेला परेका छन्। रणभैरव गणमा कार्यरत नेपाली सेनाका जवान विनय कार्की बालाजुस्थित रसुवा गंगाजल गेष्ट हाउसमा मंगलबार बिहान मृत भेटिएका हुन्।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार उनी गणबाट सोमबार हिँडेका थिए। मंगलबार बिहान गेष्ट हाउसको कोठा नम्बर १०२ मा उनी झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ।

उनको घर पाल्पा रैनादेवी छहरा हो। उनको हत्या हो या आत्महत्या अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले बताए। उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महराजगञ्ज लगिएको छ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  १० : ३२ बजे