बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

शरीरमा आगो लगाएका प्रेमप्रसाद आचार्यको मृत्यु भएपछि गृहमन्त्रीले के भने ?



काठमाडौं । मंगलबार संसद भवन अगाडि नयाँ बानेश्वरमा आफ्नो शरीरमा आगो लगाएका प्रेमप्रसाद आचार्यको मृत्यु भएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले श्रद्धाञ्जली व्यक्त गरेका छन् । लामिछानेले सामाजिक सञ्जाल मार्फत आचार्यको निधनमा दुख व्यक्त गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकबा छन् – ‘एउटा नागरिकले अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र । यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ । मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो ।’

लामिछानेले आचार्य जस्ताले आत्मदाह गर्नुमा हिजोदेखिको निराशालाई दोष दिएका छन् । त्यस्तै लामिछानेले आफूहरुले पनि आसा जगाउने गरी काम गर्न नसकेको स्विकार गरेका छन् ।

उनले लेखेका छन् – ‘दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौं, म दोषी छु । प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला । तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पिडा सहने शक्ति मिलोस् ।’

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  १० : २९ बजे