चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

आत्मदाह प्रयास गरेका प्रेम आचार्यको आज विहान निधन



काठमाडौं । मंगलबार संसद भवन नयाँबानेश्वर अगाडि आफ्नो शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । हिजो दिउँसो करिब ३ बजेको समयमा बानेश्वर चोकमा शरीरमा आगो लगाएर छटपटाउँदै ढलेका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

आगो लगाएर चिच्याउदै छटपटाइ रहेका आचार्यलाई प्रहरीले तत्काल उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरेको थियो । प्रहरीले मंगलबार बेलुका आचार्य बोलेको बताएको थियो । उपचारका क्रममा उनको अहिले बिहान निधन भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  १० : २४ बजे