बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

पश्चिम नेपालमा ५.९ म्याग्निच्युडको भूकम्प



काठमाडौँ । नेपालको पश्चिमी क्षेत्रमा मंगलबार दिउँसो शक्तिशाली भूकम्प गएको छ । बाजुराको मेला केन्द्र विन्दु बनाएर करिब २ बजेर ४३ मिनेट जाँदा भूकम्प गएको हो ।

भूकम्पको तीव्रता ५ .९ म्याग्निन्युडको भुकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । भूकम्पको झट्का भारतसम्म महसुस भएको भारतीय मिडियाहरुले जनाएका छन् । दिल्ली–एनसीआर, उत्तर प्रदेश, उत्तराखण्डका धेरै ठाउँमा भूकम्पको धक्का महसुस भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ४ : २६ बजे