माघ १४, २०७९ शनिबार Sun Jan 29 2023

शरीरमा आगो लगाएर एक व्यक्तिले गरे आत्मदाहको प्रयास



काठमाडौँ । नयाँबानेश्वरस्थित संघीय संसद भवनअगाडि एक व्यक्तिले शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् ।

नयाँबानेश्वर चोकबाट तीनकुने तर्फ जाने सडकखण्डको संसद भवनअगाडि उनले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् । तर, उनलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेको छ ।

ती व्यक्तिबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ४ : ०९ बजे