बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने



काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी उठाउने निर्णय गरेको छ ।

धुम्वाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारीको बैठकले आगमी राष्ट्रपतिमा पार्टीको तर्फवाट उम्मेदवारी दर्ता गराउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

उनका अनुसार राष्ट्रपति निर्वाचनका लागि सकेसम्म चाँडै निर्णय लिनका लागि दबाब दिने निर्णय समेत गरेको छ । आफनो पार्टीका उम्मेदवारलाई मत दिनका लागि कांग्रेसले अन्य राजनीतिक दलसँग पनि छलफल गर्नेछ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  २ : ३३ बजे