बैशाख ६, २०८१ बिहिबार Thu Apr 18 2024

सभामुख घिमिरेद्वारा सर्वदलीय बैठक आह्वान



काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक अहिले ११ बजेका लागि बोलाएको छ ।

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ । सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाएको यो पहिले सर्वदलीय बैठक हो । उनी यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  १० : ३२ बजे