चैत्र १०, २०७९ शुक्रबार Fri Mar 24 2023

राष्ट्रपति कार्यालयले सांसदहरुलाई बोलाएर अपमान गरेको केसीको आरोप



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसीले राष्ट्रपति कार्यालयले सांसदहरुलाई बोलाएर अपमान गरेको आरोप लगाएका छन् । सभामुखको सपथग्रहण समारोहमा बोलाइएका सांसदहरुलाई नेपाल सरकारको सचिवभन्दा पछाडि राखेर सांसदहरुको अपमान गरेको उनको आरोप छ ।

“सभामुख संसदको साझा संस्था हो । सम्मानका लागि राष्ट्रपति भवनको सपथग्रहणमा उपस्थित भए । राजपत्रको दशौं स्थानमा रहेका सांसदलाई तेह्रौं स्थानका सचिवभन्दा पछिल्तिर राखेर राष्ट्रपति भवनले अनौठो व्यवहार देखायो,” केसीले सामाजिक संजालमा लेखेका छन्, “के शितलनिवासलाई मर्यादा सम्बन्धी न्यूनतम कानुन थाह नभएकै हो ?” उनले यसो भनेर कानुनले तोकेको मर्यादाक्रम सम्बन्धी कानुनको स्क्रिनसट समेत राखेका छन् ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ३ : १६ बजे