बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

उपसभामुखमा पनि कांग्रेसले उम्मेदवारी दिने



काठमाडौं । नेपाली कांग्रेसले उपसभामुखमा उम्मेदवारी दिने भएको छ । बिहीबार भएको सभामुखको निर्वाचनमा भाग लिएको कांग्रेसले शुक्रबार उपसभामुखमा पनि उम्मेदवारको मनोनयन दर्ता गर्ने भएको हो ।

कांग्रेस नेतृत्वको गठबन्धनमा रहेका अरू दलबाट उमेदवारी दिने भनिए पनि त्यो सम्भव हुने अवस्था नरहेकाले कांग्रेसले नै उम्मेदवार उठाउन लागेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका बताएका छन् । सभामुखमा नेकपा (एमाले)का सांसद देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १० : ४५ बजे