बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

जिउँदो शिशुलाई मृत घोषणा गर्ने चिकित्सकलाई काम गर्न रोक



काठमाडौं । विराटनगरको कोसी अस्पतालले जिउँदो शिशुलाई मृत घोषणा गर्ने चिकित्सकलाई काम गर्न रोक लगाएको छ । यस्तैगरी घटनाको छानबिन गर्न तीन सदस्यीय समिति समेत बनाएको छ ।

बुधबार विहान श्वासप्रश्वासमा समस्या भएपछि इमरजेन्सी वार्डमा भर्ना गरिएकी १९ दिने शिशुलाई अस्पतालका मेडिकल अफिसर डा. आकाश यादवले मृत घोषणा गरेका थिए । सो घोषणापछि आफ्ना आफन्तले घर लगेर अन्तयष्ठिीको तयारीकोे क्रममा उक्त शिुशुले शरिरमा चाल निकालेपछि गोल्डेन अस्पतालमा भर्ना गरेपछि अहिले उनको असपतालमा उपचार जारी छ ।

उपचारको क्रममा लापरवाही भएपछि अस्पतालले छानबिनका लागि बालरोग विशेषज्ञ डा. प्रविण झाको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा अर्का बालरोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र प्रशासनका कर्मचारी रामप्रसाद नेपाल रहेका छन् ।

अस्पतालका सूचना अधिकारीसमेत रहेका नेपालले छानबिन नसकिएसम्म उपचारमा संलग्न डा. आकाश यादव, अहेब लक्ष्मण माझी र टीका भण्डारीलाई काममा रोक लगाइएको बताए ।

बुधबार विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म इमर्जेन्सी वार्डमा डा. यादव र अहेबद्वय माझी र भण्डारी ड्युटीमा थिए ।

बुधबार विहान मोरङको जहदा गाउँपालिका–३ घर भई विराटनगर १० माइती घर बस्दै आएकी उमादेवी मुखिया र उनका श्रीमान दिपिल मुखियाले १९ दिने नवजात शिशुलाई उपचारका लागि कोसी अस्पताल ल्याएका थिए । अस्पताल पुर्‍याएको केही समयपछि डा। आकाश यादवको टोलीले मृत घोषित गरेको थियो ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ३ : ५६ बजे