बैशाख १२, २०८१ बुधबार Wed Apr 24 2024

सुविधासम्पन्न भवन बनाउँदै तारकेश्वर गाउँपालिका



नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले सुविधासम्पन्न कार्यालय भवन बनाउँदैछ । गाउँपालिकाको उक्त कार्यालय भवन साढे दश करोड लागतमा बन्दै गरेको हो ।

सो भवन गाउँपालिकाको बहुवर्षीय योजना अन्तर्गत १० करोड ५० लाख रुपैयाको लागतमा निर्माण भइरहेको जनाइएको छ । लिफ्टसहितको दुई तल्ले भवन २२ कोठे हुने गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले बताएका छन् ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ९ : ५१ बजे