चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

जिवित शिशुलाई मृत घोषणा गर्दा खाए डाक्टरले रामधुलाई



मोरङ । विराटनगरको कोशी अस्पतालका डाक्टरमाथि कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दिलिप मुखिया र उमा मुखियाको १८ दिनकी शिशुको स्वास्थ्यमा समस्य देखिएपछि बुधबार कोशी अस्पताल लगिएको थियो । अस्पतालमा शिशुको डा. आकाश यादवले चेकजाँच गरेका थिए ।

चेकजाँचपछि डा। यादवले शिशुको मृत्यु भइसकेको बताए । चिकित्सकले मृत घोषित गरेपछि परिवारले शिशुलाई घर लैजान अस्पतालबाट निकाल्नै लाग्दा हात खुट्टा चलाएपछि उनलाई तुरुन्तै नजिकैको गोल्डेन अस्पताल पुर्‍याएका थिए ।

अहिले उनको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । शिशुको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । कोशी अस्पतालका डा। यादवले जीवित शिशुलाई मृत घोषित गरेको भन्दै मुखियाका आफन्तले डा। यादवमाथि कुटपिट गरेका थिए । प्रहरीले मनोज मुखिया, मन्नु मुखिया र अर्को एक जना नाम नखुलेको व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ६ : ४५ बजे