२५ आश्विन २०८३, आइतबार Mon Oct 12 2026

प्रधानमन्त्री प्रचण्ड र बेलायती राजदूतबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्डसँग राजदूत पोलिटबीच भेटवार्ता भएको छ।

शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  १ : ०१ बजे