चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

कांग्रेसले सभामुखमा उम्मेदवारी दिने, उम्मेदवारको नाम टुंगो लगाउन दिउँसो २ बजे बैठक बस्दैँ



काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

मनोनयन गर्ने समय अझै केही घण्टा बाँकी रहेको उल्लेख गर्दै पार्टी प्रवक्ता प्रकाशशरण महतले यस विषयमा अन्य सहयोगी दलहरुसँग छलफल गरेर उम्मेदवारबारे टुंगो लगाउने जानकारी दिए ।

उम्मेदवारको नाम टुंगो लगाउन भने दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ ।

सभामुखको उम्मेदवारीबारे कांग्रेसले पर्ख र हेरको नीति लिएको छ । उसले यस विषयमा अन्य दलहरुको निर्णयलाई पर्खिने र त्यसपछि मात्रै टुंगो लगाउने भएको छ ।

संसद बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधिसभाको सभामुख चयन गर्नु पर्ने संवैधानिक व्यवस्था छ । गत मंसिर ४ गतेको निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते बसेको थियो ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  १२ : १६ बजे