श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

सुमेरु अस्पतालमा उपचाररत पुनलाई भेट्न पुगे उपप्रधानमन्त्री पौडेल



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य लाभको कामना गरेका छन् ।

सुमेरु अस्पतालमा उपचाररत पुनलाई भेट्न पुगेका उपप्रधानमन्त्री पौडेलले पुनको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

यसअघि उपचाररत पुनलाई उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि भेटेर स्वास्थ्य लाभको कामना गरेका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई पुस ३० गते अस्पताल भर्ना गरिएको थियो ।

नेता पुन मंसिर ४ को चुनावलगत्तै चीनबाट उपचार गरेर नेपाल फर्किएका हुन्। उनी वंशाणुगत जण्डिसबाट पीडित छन्।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ११ : २९ बजे