चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

माओवादीकी रेखा शर्मा सञ्चारमन्त्री बन्दै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । सोमबार साँझ बसेको सत्ता साझेदार दलहरूको बैठकमा मन्त्रालय भागवण्डामा सहमति भएसँगै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

भागबण्डाअनुसार माओवादीको भागमा सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परेको छ । एक राज्यमन्त्री पनि पाउने भएको छ। उनले भौतिक पूर्वाधार लिइसकसकेको छ ।

सञ्चार तथा प्रविधिमन्त्रीमा रेखा शर्मा र पर्यटनमन्त्रीमा सुदन किराँती लगभग पक्का भएको मााओवादी निकट स्रोतले जानकारी दिएको छ।

अमनलाल मोदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने तयारी छ । तर, औपचारिक निर्णय भने भैसकेको छैन । यसबारे पार्टीमा छलफल गरेर मात्र औपचारिक निर्णय लिने प्रचण्डको तयारी छ। राज्यमन्त्रीको भने टुङ्गो लाग्न बाँकी नै रहेको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १० : १९ बजे