बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

रास्वपाले स्वास्थ्य र खेलकुद मन्त्रालय पाउने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ८ सांसद बराबर एक मन्त्रालय पाउने गरी मन्त्रालय भागबन्डा टुंगिएको छ ।

यो सँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३ मन्त्री लिने लगभग सहमति जुटेको छ । रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् । रास्वपाले स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालय पाउनेछ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ४ : ४२ बजे