बैशाख ७, २०८१ शुक्रबार Sat Apr 20 2024

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै



काठमाडौं।उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । आज बेलुकी ५ बजे बैठक बस्न लागेको समिती सदस्य एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफलपछि पौडेलले भने,’संयन्त्रका केही कार्यसूचीहरु बाँकी छन् । ती कार्यसूचीमा काम भइरहेको छ।’

पौडेलले यो सरकार सत्ता साझेदार दलकै सहमतिअनुसार अघि बढ्ने बताए । बैठकपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिने पार्टीहरुको बैठक भोली बस्ने जानकारी दिएका थिए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ३ : ४७ बजे