चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

ट्रमा सेन्टरका आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द



काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले आज सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ ।

आइतबार पोखरामा भएको यति एयरलाइन्समा दुर्घटनामा परी मृत्यु भएका ३८ वर्षीय अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवारकसहित १० महिनाको छोरोका निधनको शोकमा आज राष्ट्रिय ट्रमा सेन्टरले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरेको हो ।

आइतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान उपकुलपति स्तरीय निर्णयले निधन भएकाको सम्झनामा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको हो । श्रेष्ठ ट्रमा सेन्टरमा ६ वर्षदेखि काम गर्दै आएका थिए ।

‘दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली साथ परिवार जनप्रति हार्दिक समवेदाना अर्पण समेत गर्दै उनको सम्झनामा सोमबारका दिन आकस्मिक बाहेकका सबै सेवा बन्द गरिनेछ,’ सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ३ : ३१ बजे