जेष्ठ ३१, २०८१ बिहिबार Thu Jun 13 2024

विमान दुर्घटनापछि यतीको आज सबै उडान रद्द



काठमाडौं । यती एयरलाइन्सले आज नियमित उडान नभर्ने भएको छ । आइतबार पोखरामा एटिआर–७२ जहाज दुर्घटनामा परेपछि यतीले आज हुने भनिएका सबै उडान रद्द गर्ने निर्णय गरेको हो ।

नियमित उडान रद्द गरिए पनि आपतकालीन र उद्दारका उडान भने हुने एयरलाइन्सले जनाएको छ । पोखरामा भएको दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु सवार थिए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ११ : १६ बजे