बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

यति एयरलाइन्स जहाज दुर्घटनामा ३६ जनाको शव फेला



काठमाडौँ । पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा अहिलेसम्म ३६ जनाको शव फेला परेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीका अनुसार सेती नदीको खोचबाट शव निकाल्ने क्रम चलिरहेको र हालसम्म ३६ जनाको शव निकालिएको छ ।

शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको उनको भनाइ छ । मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको उनले बताएका छन् । प्रमुख अधिकारी केसीले हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताए । ‘जिवित उद्धार गर्न सकिन्छ कि भनेर हामीले प्रयास गर्यौँ । तर कसैलाई जिवित निकाल्न नसकिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १ : ४६ बजे