जेष्ठ ३१, २०८१ बिहिबार Thu Jun 13 2024

विमान दुर्घटनाको यथासक्दो छिटो उद्धारमा जुट्न मातहतका निकायलाई गृहमन्त्रीको निर्देशन



काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको यथासक्दो छिटो उद्धारमा जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

गृहसचिव, शान्तिसुरक्षा महाशाखा प्रमुखलगायत कास्कीस्थित प्रशासन र सुरक्षा निकायलाई दुर्घटनास्थलमा उद्धारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका उनका प्रेस संयोजक नवराज पाण्डेले जानकारी दिए ।

अहिले गृहमन्त्री लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर घटनाबारे जानकारी लिइरहेका छन् । आज बिहान चालक दलसहित ६८ यात्रु बोकेर उडेको यति एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । अहिले उद्धार कार्य जारी छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १ : ३२ बजे