बैशाख ६, २०८१ बिहिबार Fri Apr 19 2024

भोलि बेलुकासम्ममा मन्त्रिमण्डलले पूर्णता पाउने



काठमाडौं । सत्ता गठबन्धनले भोलि बेलुकासम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी कसरत थालेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरी छलफललाई तीब्रता दिएका हुन् ।

आज प्रधानमन्त्री प्रचण्डले सरकारी निवास बाल्वाटारमा पत्रकार सम्मेलनको आयोजना गरी भोलीसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरी छलफल अगाडि बढेको बताए । मन्त्रालय बाँडफाँटका विषयमा सात दलबीच कुनै वादविवाद नरहेको भन्दै उनले भने –“भोलि बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने र सोमबारको मन्त्रिपरिषद् बैठक पूर्णरुपमा बस्ने तयारी गरेको छु ।”

अहिलेसम्म तीन उपप्रधानमन्त्रीसहित ८ मन्त्री सरकारमा सहभागी भएका छन् । चार मन्त्रीलाई भने अहिलेसम्म जिम्मेवारी तोकिएको छैन ।श्रोतका अनुसार एमालेले अब सात मन्त्रालय लिने र माओवादी केन्द्रले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले २, राप्रपाले उपप्रधानसहित ३ तथा जनता समाजवादीले २ गरी मन्त्रालय बाँडफाँट गर्ने मोटामोटी सहमति भएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रि समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने भएको छ ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ६ : ५३ बजे