बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

प्रदेश–१ बाट उपसभामुखमा एमालेकी सिर्जना निर्वाचित



मोरङ । प्रदेश–१ सभाको उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छिन् । (शनिबार) भएको निर्वाचनमा कांग्रेसकी लीलाकुमारी राईलाई पछि पार्दै एमालेकी दनुवार उपसभामुखमा निर्वाचित भएकी हुन् ।

उपसभामुखमा निर्वाचित उदयपुर जिल्लाकी दनुवार समानुपातिकतर्फबाट प्रदेश सभा सदस्य भएकी थिइन् । नवनिर्वाचित उपसभामुख दनुवारले ५७ मत प्राप्त गर्दा कांग्रेसकी राईले ३३ मत मात्र प्राप्त गरिन् । कुल ९३ सांसद रहेको प्रदेश १ सभामा उपसभामुखको निर्वाचनका लागि सभामुख बाहेक ९० सांसदले मतदान गरेका थिए ।

प्रदेश–१ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्वाचित भइसकेका छन् । प्रदेश १ सभामा सत्तागठबन्धनका एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका गरी कुल ६० सांसद छन् । मुख्य प्रतिपक्षी कांग्रेसको २९ र प्रतिपक्षी एकीकृत समाजवादीका चार सांसद छन् ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ४ : १० बजे