चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

सुदूरपश्चिमको सभामुखका लागि साँझ ६ बजे निर्वाचन हुँदै



कैलाली । आज साँझ ६ बजे सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन हुने छ । अहिले बसेको सर्वदलीय बैठकले ६ बजे निर्वाचन गर्ने निर्णय गरेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।

यहाँ माओवादीबाट भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार छन् । बिहीबार दुवैले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिए । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमत ल्याउन २७ मत आवश्यक पर्छ ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ४ : ०५ बजे