५ बैशाख २०८३, शनिबार Sat Apr 18 2026

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत प्राप्त



कास्की।गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिएका छन्। नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

आजको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिएका हुन्। अधिकारीले ३१ मत प्राप्त गरेका छन्। उनी गठबन्धनबाट ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो । अधिकारीको विपक्षमा २७ मत परेको छ।

६० सदस्यीय गण्डकी प्रदेशमा अधिकारीलाई एमालेका २२, नेकपा (माओवादी केन्द्र)का आठ, राप्रपाका दुई मत प्राप्त भएको छ। स्वतन्त्र निर्वाचित राजीव गुरुङले मुख्यमन्त्री नियुक्ति गर्न समर्थन गरे पनि विश्वासको मत दिएन्न।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ४ : ०९ बजे