चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

प्रेस युनियन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मनमोहन स्वाँर निर्वाचित



काठमाडौं । नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मनमोहन स्वाँर सर्वसम्मत निर्वाचित भएका छन् । बुधबारदेखि सुरू भएको प्रदेशको प्रथम अधिवेशनबाट स्वाँरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

युनियनको उपाध्यक्ष (खुल्ला) मा टेकेन्द्र देउवा, महिला उपाध्यक्षमा गीता कुँवर र समावेशीमा जगत खड्का सर्वसम्मत चयन भएका छन् । प्रदेश समितिको महासचिवमा हरिश भट्ट, सचिव खुल्लामा राजेन्द्रबहादुर रोकाया, महिला सचिवमा बन्दना बम र समावेशी सचिवमा भीमबहादुर चौधरी चयन भएका हुन् । कोषाध्यक्षमा वीरबहादुर गडाल चयन भएका हुन् ।

यस्तै खुल्ला सदस्यमा टेकबहादुर कुँवर, दीपक भण्डारी, हर्कबहादुर विष्ट, केशवदत्त भट्ट, चन्द्रबहादुर खनाल, महिला सदस्यमा कुमारी लक्ष्मी बम, सरस्वती भाट, करूणा जोशी, डालीकुमारी पाण्डेय, दलित सदस्यमा लक्ष्मण विक, आदिवासी÷जनजाती सदस्यमा विनिता चौधरी, प्रेमकुमार चौधरी, मधेशमा रामदास राना, सागर कुश्मी, यौनिक तथा अल्पसङ्ख्यक सदस्यमा धनबहादुर बोहरा र पदम भाट चयन भएका छन् ।

यस्तै कृतबहादुर विष्टको संयोजकत्वमा लेखा समितिमा दुई सदस्य चयन हुनुभएको छ । लेखासमिति सदस्यमा नवराज पनेरू र गगन अयडी रहेका छन् ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ७ : १२ बजे