२७ भदौ २०८३, शनिबार Sat Sep 12 2026

राष्ट्रिय सभाको बैठक भोलि १ बजे बस्दै



काठमाडौं । राष्ट्रिय सभाको बैठक भोलि शुक्रबार बस्ने भएको छ । भोलि दिउँसो १ बजेर १ मिनेटमा बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको हो।

एक बुँदे सार्वजनिक सम्भावित कार्यसूचीअनुसार संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक माननीय खिमलाल देवकोटाले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यक्रम रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जनाएका छन् ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ७ : ०३ बजे