श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

सत्ता साझेदार दलको बैठक बस्दै



काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे सत्ता साझेदार दलहरुको बैठक आज दिउँसो ३ बजे बस्ने तय भएको छ ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल हुनेछ ।

पुस १० गते प्रधानमन्त्री नियुक्त भएका माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । संविधानमा २५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था छ ।

प्रधानमन्त्री प्रचण्ड छिट्टै मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् । त्यही विषयमा उनले बुधबार बेलुका उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए ।

छलफलमा मन्त्रिपरिषद् विस्तारका साथै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदको भागबन्डाबारे पनि कुराकानी भएको थियो । प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने भन्ने थियो, अहिले त्यसकै गृहकार्य भइरहेको छ ।’ प्रधानमन्त्री प्रचण्डलाई यही पुस २६ गते ९९ प्रतिशत सांसदले विश्वासको मत दिएका थिए ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  २ : ४४ बजे