बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

बागमती प्रदेशमा सभामुख पदका लागि कांग्रेसका अधिकारीले मनोनयन गरे दर्ता



काठमाडौं । बागमती प्रदेशको सभामुख पदका लागि नेपाली कांग्रेसका शिवराज अधिकारीले मनोनयन दर्ता गरेका छन् । आज (बिहीबार) प्रदेशसभा सचिवालय हेटौंडामा उपस्थित भएर अधिकारीले सभामुख पदमा मनोनयन दर्ता गरेका हुन् ।

कांग्रेसका सांसद कुन्दनराज काफ्लेको प्रस्ताव र रामकृष्ण चित्रकारको समर्थनमा मनोनयन उनले बताए । अधिकारीले नेपालको संविधानको धारा १८२ एवम् प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम ७ को उपनियम (२) बमोजिम मनोनयन दर्ता गरेका हुन । कांग्रेसको कोटामा धादिङबाट समानुपातिक सांसदमा निर्वाचित भएका हुन् । ११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना सांसद रहेका छन् ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  २ : ३५ बजे