बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

बागमतीका मुख्यमन्त्री जम्मकट्टेललाई नेमकिपाले विश्वासको मत नदिने



काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई नेपाल किसान मजदुर पार्टी (नेमकिपा) ले विश्वासको मत नदिने भएको छ।

माघ ३ गते मुख्यमन्त्री जम्मकट्टेलले लिने विश्वासको मतमा नमकिपाले विश्वासको मत नदिने बताएको हो ।

अघिल्लो कार्यकालमा २ सिट रहेको नेमकिपाको यो कार्यकालमा ३ सिट छ। ११० सदस्यीय रहेको बागमती प्रदेशसभामा एमालेका २७, कांग्रेसका ३७, माओवादी २१, राप्रपा १३, एकीकृत समाजवादीका ७, हाम्रो नेपाली पार्टीका २ र नेमकमिपा ३ जना सांसद छन्।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ६ : ३४ बजे