श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

कांग्रेस प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुँदैन : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले कांग्रेस प्रतिपक्षमा बस्ने बताएका हुन् ।

उनले भने, ‘नेपाली कांग्रेस प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने छैन । हामी प्रतिपक्षी भूमिकामा बस्ने छौं ।’ यद्यपि उनले सरकारलाई विश्वासको मत भने दिने बताए । विश्वासको मतमाथि छलफलमा भाग लिँदै देउवाले राष्ट्रिय महत्त्वका विषयमा राजनीतिक दलबीच संवाद,सहमति र सहकार्य हुनुपर्नेमा आफू विश्वस्त रहेको बताए ।

देउवाले गुण र दोषका आधारमा सरकारको मूल्याङ्कन गर्ने बताए । उनले संसदमा सशक्त विपक्ष नहुँदा नियन्त्रण र सन्तुलन कमजोर हुने भएकाले कांग्रेस रचनात्मक विपक्षीको भूमिकामा रहने बताए ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  २ : ५७ बजे