बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

पृथ्वी जयन्तीलाई प्रचण्ड सरकारले पुनस्र्थापित गर्नु जन–आन्दोलनको मर्म र भावना विपरित : उपेन्द्र यादव



काठमाडौं ।जनता समाजवादी पार्टी, (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले पृथ्वी जयन्तीमा सरकारले बिदा दिनु जनआन्दोलनको भावना र मर्म विपरित भएको बताएका छन्।

यादवले आज सामाजिक सञ्जाललमा लेख्दै राजतन्त्रात्मक निरंकुश पञ्चायती व्यवस्थाले स्थापित गरेको पृथ्वी जयन्तीलाई प्रचण्ड सरकारले पुनस्र्थापित गर्नु जन–आन्दोलनको मर्म र भावना विपरित कार्य भएको बताएका हुन्।

उनले यो कार्यले सहिदहरुको अपमान गर्ने र यसले विविधतामा एकता हैन् एकतामा विभेद, असमानता र विविधता उत्पन्न गर्ने दाबी गरेका छन्। सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेपछि जसपाले यसको विरोध गरेको हो।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १० : १५ बजे