२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

नेकपा एसले प्रचण्डलाई विश्वासको मत दिने



काठमाडौँ । नेकपा एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारलाई सशर्त समर्थन गर्ने भएको छ । सो पार्टी आजै विश्वासको मत लिन लागेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मत दिने निर्णय गरेको हो ।

बिहान बसेको सचिवालय बैठकले सरकारलाई सशर्त समर्थन गर्ने निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । ‘अहिले हामी विश्वासको मत दिन्छौँ, त्यो पनि सर्तसहित,’ उनले भने, ‘हाम्रा एजेण्डा र सर्तहरू पूरा नभएर जुनसुकै बेला पनि सरकारबाट बाहिरिन सक्छौँ , प्रतिपक्षमा बस्छौँ ।’

२ सय ७५ रहेको प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ चाहिन्छ। दोस्रो बनेको एमालेसँग ७८ सांसद निर्वाचित भएर आएका छन्। त्यसमा स्वतन्त्र जितेर आएका किरण साह पनि थपिएका छन्। सरकारको नेतृत्व गरिरहेको माओवादीका ३२ सांसद छन्। पहिलो पटक नै निर्वाचनमा सहभागी भएर चौथो बनेको रास्वपाका २० सांसद छन्। राप्रपाका १४ सांसद छन्। जसपाका १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, नागरिक उन्मुक्तिका ४, नेमकिपा र जनमोर्चाका १–१ सांसद छन्।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ९ : ५७ बजे