बैशाख १३, २०८१ बिहिबार Fri Apr 26 2024

प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिने निर्णय गर्न एकीकृत समाजवादी बैठक बस्दै



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने÷नदिने आज (मंगलबार) निर्णय गर्ने भएको छ ।

सरकारमा सहभागी नभइसकेको नेकपा (एकीकृत समाजवादी) ले आज यसबारेमा निर्णय गर्न पार्टी सचिवालय बैठक बोलाएको छ । बैठकले विश्वासको मत दिने नदिने निर्णय गर्नेछ ।

प्रचण्डले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्दै छ । समाजवादीले विश्वासको मत नदिए पनि प्रचण्डले प्रधानमन्त्रीमा विश्वासको मत पाउने छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको विश्वासको मतका लागि आजै निर्णय गरिने यसअघि नै बताउँदै आएका थिए ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ९ : ३१ बजे