श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

लुम्बिनीमा आज एमालेका लिला गिरी मुख्यमन्त्री बन्दै



काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा एमालेका नेता लिला गिरीले आज नयाँ सरकारका लागि मुख्यमन्त्रीमा दावी पेश गर्दैछन्।

सरकारको नेतृत्वमा दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय सकिनु एक दिन अगाडि नै नेकपा एमालका नेता गिरीले माओवादी केन्द्र लगायत दलहरुको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्न लागेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा मुख्यमन्त्री नियुक्तीका लागि कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त नभएकाले नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा ९२० बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्रीको दावी पेश गर्ने भएको हो ।

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरीले आज सरकारको नेतृत्वमा दाबी पेश गर्ने र प्रदेश प्रमुख शेरचनले उनलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमति अनुसार लुम्बिनी प्रदेशको नेतृत्व पाँच वर्ष नै नेकपा एमालेले लिनेछ । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तिमा ४४ सांसदको समर्थन चाहिन्छ ।

सत्ता साझेदार दलहरुमध्ये सबैभन्दा धेरै नेकपा एमालेका २९ सांसद छन् । यसैगरी माओवादी केन्द्रका १०, राप्रपाका ४ तथा जसपा र जनमत पार्टीका ३र३ जना सांसद छन् । यसैगरी नेपाली कांग्रेसका २७, लोसपाका ३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १र१ तथा स्वतन्त्रबाट निर्वाचित २ जना सांसद छन् ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ९ : २१ बजे