बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

प्रधानमन्त्रीद्वारा नीतिगत कार्यक्रम एक महिनाभित्र कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन



काठमाडौँ । प्रधानमन्त्री पष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले ल्याएको नीतिगत कार्यक्रममा एक महिनाभित्र कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन दिएका छन् ।

उनले सरकारले सार्वजनिक गरेको नीतिगत कार्यक्रममा जनसरोकारका धेरै विषय समेटिएकाले त्यसलाई त्यसलाई छिटो कार्यान्वयन गर्न जोड र्दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले सोमबार सिंहदरवारमा आयोजित नीतिगत कार्यक्रम सार्वजनिक समारोहमा बोल्दै निजामति कर्मचारीहरुलाई यसको कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन् ।

‘सरकारको मुलभूत ओरियन्टेसन के हुने भन्ने कुरा नीति तथा कार्यक्रममा समेटिएको छ । त्यसकारण दुविधारहित ढंगले यसलाई कार्यान्वयन गरेर जानुको कुरामा र स्थायी सरकार हुनुको नाताले मुख्य सचिवदेखि कर्मचारीतन्त्रका सवै पदाधिकारी विशेष रुपले भन्न चाहान्छु’, प्रधानमन्त्रीले भने, ‘तपाईहरुको क्षमता र दक्षताप्रति पुरै विश्वास छ ।

तर राजनीतिक अस्थिरताका कारण त्यो क्षमताको सहि सदुपयोग हुन सकेको छैन कि भनेर अस्ति पनि मैले प्रश्न उठाएको थिएँ, अब त्यस्तो हुने छैन ।’ उनले नीति तथा कार्यक्रममा राखिएका विषयलाई ढिलाइ नगरीकन कार्यान्वयन गरेर अगाडि बढ्न कर्मचारीहरुलाई सुझाव दिएका छन् ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ६ : ४० बजे